हेटौंडामा म्याजिकको ठक्करबाट पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ १३,आईतवार ०९:४३

मकवानपुर । मकवानपुरको हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्के नजिक शनिबार म्याजिक भ्यानको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।

नेवारपानीबाट लेवटतर्फ जाँदै गरेको ना १ ज ७५६० नम्बरको म्याजिक भ्यानले ठक्कर दिँदा हेटौंडा–१२, बनस्पति बस्ने श्यामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भ्यानको ठक्करबाट गम्भीर घाइते ५५ वर्षीय विकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने म्याजिक र चालकलाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिई घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको जनाएको छ ।