दुर्घटनामा परेर हेटौंडाका कार्कीको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६, नयाँ बजारस्थित पुर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हेटांैडाबाट चितवनतर्फ जाँदै गरेको ना. ५ ख ७७२१ नं.को ट्रकले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा.प्र.–०३–००४प ६९७३ नं.को बुलेट मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृतयु हुनेमा मोटरसाइकल चालक मकवानपुरकको हेटौंडा–८, कमाने बस्ने ४५ वर्षीय दिनेश कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दुर्घटनामा परेर टाउको र शरिरको विभिन्न भागमा चोट लागि उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको लागि नयाँ मेडिकल कलेज चितवनमा लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीले दुबै साधन र ट्रक चालक बारा–जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर १ पथलैया बस्ने बर्ष ४२ को सन्तोष धिताललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।