नेतृत्वकर्ताहरुले आफुलाई पनि बदल्नु पर्छः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बदलिंदो सामाजिक परिवेश अनुरुप नै नेतृत्वकर्ताहरुले आफुलाई पनि बदल्नु पर्ने जिकिर गरेका छन् ।
शनिबार सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको हेटौँडामा सम्पन्न शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले पुरानो नीति तथा कार्यक्रम बोक्नेहरुले राष्ट्रको नेतृत्व गर्न नसक्ने बताए । शिक्षा र स्वास्थ्यको लगानी आर्थिक वृद्धिद्धरसंग नजोडिँदा उचित प्रतिफल प्राप्त गर्न नसकेको उनको भनाई छ ।
उनले समस्याहरु देखाएर मात्र शिक्षा क्षेत्रमा सुधार नआउने बताउँदै समस्यासंगै समाधानका उपायहरु पनि खोज्ने शिक्षासंग सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरे ।
अहिलेको शिक्षा प्रणालीको सैद्धान्तिक पाटो बलियो भएपनि व्यवहारिक पक्ष भने कमजोर भएको बताउँदै पाठ्यक्रम परिवर्तन गरी नर्सिङ र इन्जिनियरिङ कोषलाई माध्यमिक तहमा ल्याउनुपर्नेमा जोड दिए ।