मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ १२,शनिबार १६:१७

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ मा शनिबार बिहान मोटरसाइल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारु रहेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् । घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको जनाइएको छ ।