कारले ठक्कर दिँदा एक वृद्धको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ १०,बिहीबार ०९:१३
File Photo

सुर्खेत । वीरेन्द्रनगरमा कारले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदलयात्री शाही गम्भीर घाइते भएका थिए ।

बायाँ खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजी कार्य भइरहेको जनाइएको छ ।