आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ जेष्ठ ९,बुधबार ०९:२१

काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ । विश्वभर विविध कार्यक्रमको आयोजना गरी जैविक विविधता दिवस मनाउन लागिएको हो ।

जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउदै आएको छ ।

यस वर्ष जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले ‘योजनाको हिस्सा बन्नुहोस्’ भन्ने नारा तय गरेको छ ।

नेपाल जैविक विविधताको हिसावले एसियामा ११ औँ र विश्वमा २५ औँ स्थानमा पर्दछ ।