सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही

तु खबर संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १६:०३

धनगढी सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाहीलाई सिफारिस गरिएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्तामा अधिवक्ता शाहीलाई सिफारिस गरेका हुन् ।

अब शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन् ।