सर्वोच्चका सबै सुनुवाइ स्थगित

तु खबर संवाददाता
२०८१ बैशाख २७,बिहीबार १६:३१

काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित गरिएको छ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित गरिएको हो ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ ।

तर, प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ ।

सिजापतिको बुधबार साँझ निधन भएपनि बिहीबार ढिलागरी जानकारी प्राप्त भएको उनको भनाई छ ।