बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरमा काठमाडौं लगियो

तु खबर संवाददाता
२०८१ बैशाख २५, मंगलवार १५:५६
file-photo

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मंगलबार दिउँसो सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ ।

कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको हो ।

उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।

मुख्यमन्त्री जम्कट्टेललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।