शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०८१ बैशाख २३,आईतवार १६:१६

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज २४ दशमलव ५८ अङ्कले घट्दै नेप्से परिसूचक १९७४ दशमलव ३७ विन्दुमा पुगेर रोकिएको हो ।

यस्तै, आज ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार ९४ लाख ९८ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस्तै, गत साताको बिहीबार नेप्से परिसूचक ७ दशमलव ३१ अङ्कले घट्दै १९९८ दशमलव ९६ विन्दुमा रोकिएको थियो ।