मकवानपुरमा खोलामा डुबेर बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ९, आईतवार ०९:२९
file photo

मकवानपुर । मकवानपुरमा शनिबार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बकैयाँ गाउँपालिका वडा नम्वर ६, टिकुले टोल बस्ने चौरे स्याङतानको ६ वर्षीय छोरा संदिप स्याङतानको पानीमा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ती बालक बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर बिरामी भएका थिए । उनको उत्काल उद्दार गरी उपचारको लागि सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारा लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा शनिबार अपराह्नमा नै मृत्यु भएको हो । प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।