बाघको आक्रमणबाट १४ वर्षीया बालिका घाइते

तु खबर संवाददाता
२०८१ बैशाख ९, आईतवार ०९:१८

भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

घाइते हुनेमा चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामा घरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जाने क्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्याएको जनाइएको छ ।