आज मनकामना केबलकार बन्द हुने
नारायणगढ । आज शुक्रबार मनकामना केबलकार बन्द हुने भएको छ ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज एक दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
मनकामना दर्शन प्रालिका अनुसार, सेवा शनिबारदेखि नियमित संचालनमा आउनेछ ।
नेपालको पहिलो केबलकारको रुपमा चिनिने उक्त केवलकार विसं २०५५ सालबाट संचालनमा आएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका उक्त केबलकार संचालनमा ल्याइएको हो ।
