सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार १७:४३

सल्यान । सल्यानमा आज बिहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित रा १ ख २०८५ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेर घाइते भएका १४ जनामध्ये चार जनाको अवस्था गम्भीर सल्लान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, १० जना भने अवस्था सामान्य रहेको छ ।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।