अर्थ सहसचिव शाक्यले पाए धितोपत्र बोर्डको जिम्मेवारी

तु खबर संवाददाता
२०८१ बैशाख ४, मंगलवार १७:३८

काठमाडौं । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् ।

तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् ।

हाल अर्थ मन्त्रालयबाट शाक्यले बोर्ड संचालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् ।

रमेशकुमार हमालले कार्यकाल सकेर बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।