डढेलोमा परेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग

काठमाडौं । मुलुकभरका सामुदायिक वनहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वन डढेलोमा परेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
फेकोफनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । साथै फेकोफनले डढेलोमा परेर घाइते भएकाहरुको उपचार समयमै र निःशुल्क हुनुपर्ने पनि माग थरेको छ ।
विगत केही दिनदेखि मुलुकभर बढ्दो वन डढेलोका कारण व्यापक रुपमा हुन गएको जनधनको क्षतिप्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ ।