नेपाली सेनाको प्रवक्तामा केसी

तु खबर संवाददाता
२०८० चैत्र २९, बिहीबार १५:५६
file-photo

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिएको छ ।

पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएको छ ।

उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यसूची रहेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना विसं २०५८ चैत्र २० गते भएको हो ।