हतियार देखाएर साढे १५ लाख लुटियो

जनकपुरधाम । सिरहामा आज बिहान हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।
सिरहा सदरमुकाममा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेको सिरहाका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको हो ।
उक्त रकम लिएर ती समूह भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका रहेको छ । उनीहरूको खोजीकार्य गर्नुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।