बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार १६:१९
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन–१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरू दुवै जनाको घटनास्थलमै मृत्युु भएको हो ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनाका कारण खुल्न नसकेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।