हेटौंडामा सहकारी लेखापालन तालिमको आयोजना

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार १०:०२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६ दिने आधारभूत सहकारी लेखापालन तालिमको  आयोजना गरिएको छ ।

तालिम मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा बुधबारबाट सुरु भएको हो ।

उक्त तालिमको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उद्घाटन गरेका थिए ।

सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा–४ का अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, टोल विकास संंस्था नगर समन्वय समिति अध्यक्ष धु्रव अधिकारी, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहाल लगायतको आतिथ्यता रहेको थियो ।

तालिममा रामेश्वर अर्याल, गोविन्द दाहाल, सीताराम दाहाल, नवराज खनाल लगायतकाले सहजीकरण गर्नेछन् ।

तालिममा बहुउद्देश्यीय, कृषि र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, लेखा संयोजक गरी २० जनाको सहभागिता रहेको व्यवस्थापक महेश अधिकारीले जानकारी दिए ।

तालिम यही चैत्र २६ गतेसम्म सञ्चालन हुनेछ ।