आज पनि शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८० चैत्र २१,बुधबार १७:०४

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । बुधबार शेयर बजार झिनो अकंले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दशमलव ४३ अकंले घटेर २००६ दशमलव ७८ बिन्दुमा बन्द भएको छ ।

यस्तै, आज ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।