हावाहुरीले रुख ढालेर च्यापिन्दा एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढालेर च्यापिन्दा स्कुटरमामा सवार एक जनाको मृतयु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय पालपाले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
उक्त घटनामा परेर स्कुटर चालक तानसेन नगरपालिका वडा नम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको अवस्था सामान्य रहेको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।