मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भई हाल कालीमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लामा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको जनाइएको छ ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
