शेयर बजारमा झिनो सुधार, साढे २ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८० चैत्र १५,बिहीबार १५:४२

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार दोहोर अंकले घटेको शेयर बजारमा आज भने झिनो अंकले सुधार भएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ७८ अकंले बढेर २०३५ दशलव ६४ बिन्दुमा रोकिएको छ ।

यस्तै आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से १० दशमलव ८३ अकंले घटेर २०२० दशमलव ८६ बिन्दुमा बन्द भएको थियो ।

त्यस्तै, बुधबार ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको थियो ।