चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र ७, बुधबार १५:५७
file-photo

पाँचथर । पाँचथरमा गएराति चट्याङले लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार, प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको थियो । उनलाई चौकीमा रहेका अन्य प्रहरीले उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका थिए । उनको सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत थिए ।

मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको जनाइएको छ ।