आज मनकामना केबलकार बन्द हुने
काठमाडौं । मनकामना केबलकार आज बन्द हुने भएको छ । मनकामना केबलकार आज एक दिनका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने जानकारी दिए ।
उनका अनुसार, बिहीबारदेखि भने नियमित सञ्चालनमा आउनेछ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट भने संचालनमा रहनेछ ।
उक्त केबलकारलाई नेपालको पहिलो केबलकारको रुपमा चिनिन्छ ।
