कोलकातामा निर्माणाधीन भवन भत्किँदा दुई जनाको मृत्यु
नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकातामा निर्माणाधीन भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
कोलकाताको गार्डेन रीच क्षेत्रमा आइतबार मध्यराति भएको उक्त घटनामा परेर कम्तिमा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने दुवै महिला हुन् ।
यस दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । भग्नावशेष मुनि अझै पनि कम्तीमा ६ जना पुरिएको आशङ्का गरिएको छ ।
यस घटनाबारे आवश्यक अनुसन्धान गर्न एक जनालाई पक्राउ गरिएको छ । सरकारले दुर्घटनाको अनुसन्धान गर्न प्रवर्द्धकलाई पक्राउ गर्न निर्देशन दिएको छ ।–एजेन्सी
