आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा–बुहारी पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ३०, बुधबार ०९:११

त्रिशूली । नुवाकोटमा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा–बुहारी पक्राउ परेका छन् ।

जिल्लाको किस्पाङ गाउँपालिका–५, पोखरीगाउँका ५५ वर्षीय भरतबहादुर नेपालीको हत्या आरोपमा उनका छोरा र बुहारी पक्राउ परेका हुन् ।

नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको आरोपमा मंगलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरुमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् ।

प्रहरीका अनुसार, पक्राउ परेका ती दुबै जनाले बाबुको हत्या गरेको स्वीकार गरेको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।