जुत्ता चप्पल फुकालेर प्रदर्शन उत्रिए मिटरब्याज पीडित

काठमाडौं । मिटर ब्याज पीडितहरूले आइतबार जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन उत्रिएका छन् ।
मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले ४१ औं दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शनका उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका पीडितहरूले जुत्ता फुकालेर सिंहदरबारतर्फ खुट्टा देखाएका थिए ।
उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका हुन् ।