दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टियो, ६ जना बेपत्ता

तु खबर संवाददाता
२०८० फाल्गुन २६, शनिबार १४:०७

सियोल । इन्डोनेसियाली नागरिक सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिएको छ ।

२९ टन क्षमताको डुङ्गा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको दक्षिण कोरियाली योनहाप समाचार संस्थाले जनाएको छ ।

कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ ।

उक्त घटनाको बारेमा आवश्यक विवरण आउन बाँकी छ ।