सयपत्री फूल किसान समूहको नेतृत्व मकवानपुरका चौलागाईँलाई

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार ०८:५९

मकवानपुर । सयपत्री फूल उत्पादक किसानको नेतृत्व मकवानपुरका बालकृष्ण चौलागाईँलाई दिइएको छ । समूहको शनिबार हेटौंडामा भएको राष्ट्रिय भेलाबाट चौलागाईँको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

भेला पुष्प अभियन्ता मोहनविक्रम सिलवालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा भएको हो ।

भेला जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको हो । सो अवसरमा सयपत्री फुल उत्पादनको सम्भावना र चुनौति विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

बागमती, मधेश र गण्डकी प्रदेशका किसानको बाहुल्यता रहेको भेलाले गठन गरेको तदर्थ समितिले एक वर्षभित्र देशभरका किसानलाई समेटेर अधिवेशन गर्ने निर्णय गरेको चौलागाईँले बताए ।