भिरबाट खसरेर जर्मन नागरिकको मृत्यु
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट सरेर एक जर्मनी नागरिकको मृत्यु भएको छ । जर्मन घर भएर पोखरा घुम्न गएकी पिया जोसको भिरबाट खसेर मृत्यु भएको हो ।
शनिबार भिरबाट खसेकी पिया आज बिहान मृत भेटिएकी हुन् । उनको शव सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको जनाएको छ ।
उद्धारकर्मीहरूले डोरीको सहायताले उनको शव निकालेका हुन् । प्रहरीका अनुसार, शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए ।
सोही आधारमा खोच्न जाँदा पिया मृत भेटिएकी हुन् । प्रहरीले आवश्यक अनुसन्धानका लागि अमेरिकन नागरिकलाई नियन्त्रणमा लिई प्रकृया अगाडि बढाइएको छ ।
