जनजागृती माविलाई प्रोजेक्टर हस्तान्तरण

तु खबर संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १५:२८

मकवानपुर । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले बकैयाको एक विद्यालयलाई एक थान प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

घलानले शुक्रबार एक कार्यक्रमबीच जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ८ वीरेफाँटस्थित श्री जनजागृति माध्यमिक विद्यालयमा पुगेर उक्त प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।

घलान माघ २३ गते विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष फुलराज थिङ, विव्यस पुर्व अध्यक्ष सिद्धीमान घलान र विद्यालय प्रधानाध्यापक पेम्बा दोर्जे भोम्जन र स्थानीयको आग्रहमा घलान विद्यालय अवलोकन गर्न विद्यालय पुगेका थिए ।

घलानले विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्ने वचन दिएका थिए । कार्यक्रममा घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने वचन पूरा गरेको भन्दै विव्यस पुर्व अध्यक्ष घलानले खुसी व्यक्त गरे ।

प्रोजेक्टर हस्तान्तरण कार्यक्रम विव्यस अध्यक्ष थिङको सभाध्यक्षता तथा घेदुङ अध्यक्ष घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका उपाध्यक्ष उमेश थोकर, नेपाल तामाङ घेदुङ बकैया–८ इकाई समिति अध्यक्ष संजय कुमार लोप्चन, अभिभावक, शिक्षक÷शिक्षिका र विद्यार्थीलगायतको सहयोग रहेको थियो ।