करेन्ट लागेर वृद्धको मृत्यु

काठमाडौं । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा बुधबार करेन्ट लागेर एक वृद्धकोे मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२, कालीघाट बस्ने ६६ वर्षका गणेशमान गोरे रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार, खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।