मकवानपुरगढीमा अटो दुर्घटनाः चालकको मृत्यु

मकवानपुर । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित भित्रि सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोका चालक स्थानीय ३५ वर्षीय देवीबहादुर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज विहान ०६ः१५ बजेको समयमा ज्वालादेवीस्थित भित्री सडक खण्डमा धादिङबजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्वरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका घिमिरेलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।