मंगलबार पनि ओरालो लाग्यो नेप्से परिसूचक
काठमाडौं । साता कारोबारको आज तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार पनि घटेको हो ।
सोमबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार मंगलबार थप १.७६ अङ्कले घट्दै २ हजार ३३.०६ अङ्कमा झरेको हो ।
आइतबार नेप्से सूचक २७.२१ अङ्कले घट्दै २ हजार ३४.८२ अङ्कमा झरेको थियो ।
तथापि, पौने २ अङ्कले नेप्से घटेको यस दिन ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।



