१२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले यही फागुन ८ गते १२ अर्ब रुपैयाँ २३ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिने र ९१ दिने ट्रेजरीमार्फत कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।
बैंकको सूचना अनुसार, २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आजसम्ममा अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने फागुन ८ हुनेछ ।
केन्द्रीय बैंकले यसअघि माघ २९ गते २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।