दुर्घटनामा परेर मकवानपुरका दुई जना घाइते
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २, शिखरकटेरीस्थित भित्रि सडकखण्डमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहान ९ बजेको समयमा सुकौराबाट सिवम सिमेन्ट फ्याक्ट्रीतर्फ आउँदै गरेको ना.५ख ३००५ नं.को (ढुङ्गा लोड) टिपर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा टिफर चालक मकवानपुरगढी गाउँपालिका–८, बुढिचौर बस्ने ३२ वर्षीय संजय स्याङ्तान र टिफरमा सवार सोही गाउँपालिका–६, डुम्म्रेकुना बस्ने ४३ वर्षीय सुर्य घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते उनीहरुको हेटौंडा–११, थानाभर्याङस्थित चुरेहित अस्पतालमा उपचार भइरहेको छ ।
