बिहीबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा आज सुनको भाउ स्थिर र चाँदीको भाउ बढेको जानकारी गराएको हो ।
महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजावी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
