नेपालबाट ४५९ विदेशी नागरिक निष्कासित
काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा ४५९ जना विदेशी नागरिकलाई निष्कासित गरिएको छ ।
अध्यागमन विभागले सन् २०२३ मा ४५९ विेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको जनाएको छ ।
आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागले सोबारे जानकारी गराएको हो ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको बताए ।
