हेटौंडा आँखा अस्पताललाई म्याट्रेस सहयोग
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ थान म्याट्रेस सहयोग गरिएको छ । आँखा अस्पताललाई लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धले बुधबार एक कार्यक्रमबीच उक्त म्याट्रेस सहयोग गरेको हो ।
क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत अस्पतालमा पुगेर म्याट्रेस वितरण गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजि गौतम केसीले जानकारी दिए ।
कार्यक्रम क्लबका अध्यक्ष तुलसी गिरीको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादब, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, अस्पतालका डाक्टर सुनिल थकाली, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।
