पट्का कारखानामा आगलागी हुँदा कम्तीमा २५ जना घाइते
मध्य प्रदेश । भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा भीषण आगलागी हुँदा कम्तीमा २५ जना घाइते भएका छन् ।
न्यूज एजेन्सी एएनआईका अनुसार हरदा बैरागढस्थित पट्का कारखानामा विस्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।
यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा परेका २५ जनालाई तत्कालै अस्पताल लगिएको छ ।
दमकलले आगो निभाउने कोसिस गरिरहेको छ । कारखानाभित्र कति मानिस छन् भन्ने स्पष्ट जानकारी आइनसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी
