न्यायाधीशको निधनमा शोक बिदा

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार १५:३५
file-photo

मकवानपुर । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा शोक बिदा दिइएको छ ।

बुधवार उच्च अदालत पाटन, हेटौंडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिइएको हो । अदालतले एक सार्वजनिक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो । उनको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।