प्रधानन्यायाधीश श्रेष्ठ विशेष समारोहमा सहभागि हुन दिल्ली प्रस्थान
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औं वार्षिक उत्सव अवसरमा आयोज हुने विशेष समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठ नेपाल वायु सेवा निगमको विमानमा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्चका रजिस्ट्रार विमल पौडेल नयाँदिल्ली प्रस्थान गरेका छन् ।
