दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिन माग

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार ०९:३१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिन आह्वान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म रितपूर्वक आवेदन दिन आग्रह गरेको छ । जारी सूचनामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएसँगै सो पद रिक्त रहेको थियो ।