लण्डनमा एक नेपाली मृत फेला

लण्डन । लण्डनमा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ मृत अवस्थामा फेला परेका हुन् ।
लण्डनस्थित हेज क्षेत्रका प्रहरीले २० जनवरीमा उनको शव फेला पारेको थियो । शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लण्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो ।
अन्ततः दूतावासको पहलमा मृतक तामाङको परिवारसँग सम्पर्क भएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालले जानकारी दिए ।
सन्दीप केहि समय अगाडि स्किल भिसा अन्तर्गत बेलायत गएको र पछिल्लो समय परिवारका सदस्यसँग पनि सम्पर्कविहीन रहेका थिए ।
उनको मृत्युको वास्तविक कारण पत्ता नलागेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।