थप दुई नयाँ कम्पनीले पायो ब्रोकर प्रमाणपत्र
काठमाडौं । नेप्सेले थप २ नयाँ कम्पनीलाई ब्रोकर सदस्यता प्रमाणपत्र (लाइसेन्स) दिएको छ ।
प्रमाणपत्र पाउने कम्पनीहरुमा हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिज रहेका छन् । नेप्सेले माघ ३ गते यी दुबै कम्पनीलाई प्रमाणपत्र दिएको हो ।
नेप्सेले ब्रोकर सदस्यता दिएसंगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु गर्न सक्नेछन् ।



