अफगानिस्तानमा जहाज दुर्घटना

तु खबर संवाददाता
२०८० माघ ७, आईतवार १५:३४

काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।

रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनामा भएको जानकारी गराएको हो ।

रसियाली अधिकारीहरुका अनुसार, आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो ।

अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो । जहाजमा ६ जना यात्रु रहेका थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी