कृषि विकास बैंकमा १५ जना कर्मचारी माग
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले विभिन्न तहमा काम गर्न १५ जना कर्मचारी माग गरेको हो ।
बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसरमा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट फाइनान्स अफिसरमा १ जना कर्मचारी मागेको हो ।
सूचनामा तोकिएबमोजिमको योग्यता भएको इच्छुक व्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।




