पार्टी भित्रकै समस्याले सोचेजस्तो काम गर्न सकेनौँः उपमहासचिव पुन

२०८० पुष २, सोमबार १५:२३

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।
हेटौंडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पुनले माओवादी केन्द्रको आन्तरिक विवाद र टुटफुटका कारण जनताको हितको सवालमा अपेक्षाकृत काम गर्न नसकिएको बताए ।
‘पार्टीभित्रको टुटफुट र गलत प्रवित्तिका केही मानिसहरु हावी भएकै कारण समस्या भएको हो ।’ पुनले भने, २०६४ सालमा संविधान बनाउन नसकेर संसद विघटन गर्नुनै माओवादीको लागि घातक भयो ।
उनले एमाले पनि २०५१ मा फुटेर १९ वर्षपछि पुनः सोही अवस्थामा आएको भन्दै माओवादी पनि अब सुधारको बाटोमा रहेको उल्लेख गरे ।
उनले सरकारको काम केही सुस्त देखिएपनि अब विस्तारै रफ्तार बढ्दै गएको र आम जनताको लागि यही सरकारले उल्लेख्य परिवर्तनको अनुभूति हुने गरि काम गरेर देखाउने समेत बताए ।